Hamro Patra
लागूऔषधसहित एक जना पक्राउ

टीकापुर, चैत्र ९

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका वडा नं. ५ मिलनपुरबाट अवैध लागूऔषध ३ ग्राम ५ मिलिग्रामसहित घोडाघोडी नगरपालिका वडा नं. ८ का २१ वर्षीय लक्ष्मण शाही पक्राउ परेका हुन् ।

उनलाई बुधवार पक्राउ गरेको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले से.२ प ८५७१ नम्बरको मोटरसाइकल चेकजाँच गर्र्दा चालक शाहीलाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update