Hamro Patra
लागु औषधसहित ५ जना पक्राउ

टीकापुर, चैत्र १०

कञ्चनपुरमा लागु औषधसहित ५ जना पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ परेका हुन् । महेन्द्रनगर कञ्चनपुरबाट सादा पोसाकबाट खटिका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा डडेल्धुरा आलिताल गाउँपालिका वडा नं. ५ घरभइ हाल कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ६ ऐठपुर शिवटोल स्थित जनक बोहराको घरमा कोठा भाडागरी बस्ने २२ वर्षीया सिमा थापा मगर, २२ वर्षीय राजु बोहरा, भिमदत्त नगरपालिका वडा नं. ६ ऐठपुर शिवटोल स्थित कमला साउँदको घरमा कोठा भाडामा लिई बस्ने डडेल्धुरा पशुराम नगरपालिका वडा नं. ८ का २४ वर्षीय केशव बोहरा, कृष्णपुर नगरपालिका वडा नं.२ को २७ वर्षीय किशोर भण्डारी र भिमदत्त नगरपालिका वडा नं. १५ कोे ३७ वर्षीय निराकर प्रसाद जोशी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट (कागज १.२८ ग्राम)सहित, ०.८२ ग्राम खैरो हिरोईन, नगद रु १५,७००।- र मोबाईल ५ थान बरामद गरिएको जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update