Hamro Patra
एक जना मृत फेला

टीकापुर, चैत्र १०

कैलालीको धनगढीमा एक जना मृत फेला परेका छन् । धनगढी उपमहानगरपालिका वडा नं. ८ मा डेरा गरी बस्दै आएका ५५ वर्षीय गणेश कठायत मृत अवस्थामा फेला परेका हुन् ।

डडेल्धुराको अमरगढी नगरपालिका घर भएका कठायत आफ्नै कोठामा आज मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update