Hamro Patra
अवैध काठ फेला

टीकापुर, चैत्र १०

कैलालीको चिसापानी प्रहरीले जिपभित्र अवैध काठ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय चिसापानीले ६३ थान कडी जिपभित्र फेला पारेको हो।

आज ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक टेकबहादुर जोराको कमाण्डमा खटिएको प्रहरी टोलीले मोहन्याल गाउँपालिका वडा नं. ७ पितमारीस्थित सोल्टा चिसापानी सडक खण्डको कुईनेबाट चिसापानीतर्फ जाँदै गरेको से १ ज ११४५ नम्बरको जिपबाट सालका ६३ कडी बरामद गरेको छ ।

काठसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घोडाघोडी नगरपालिका वडा नं. २ का ३८ वर्षीय दिनेश बिसी र वडा नम्बर ४ बसन्ताका १८ वर्षीय राज रसाईलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिपसहित दुबै जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चिसापानीले बताएको छ । बरामद गरिएको काठ, जिप र पक्राउ परेका व्यक्तिलाई बन कार्यालय चिसापानीको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update