Hamro Patra
टीकापुरका छ ठाउँमा हाइमास्ड लाइट जडान

टीकापुर, चैत्र ११

कैलालीको टीकापुर नगरपालिकाले उज्यालो टीकापुर कार्यक्रम अन्र्तगत विभिन्न छ ठाउँमा हाइमास्ड लाइट जडान गरेको छ ।

नगरपालिकाले वडा नं. १ को सामुदायिक रेडियो टीकापुर एफएम चोक, वडा नं. ९ झुंगाचोक, वडा नं. २, वडा नं. ५ पार्क गेट अगाडि र वडा नं. ७ बेलुवा चोकमा हाइमास्ड लाइट जडान गरेको हो । नगरपालिकाले खडक चौकमा केही महिना अघि नै बत्ती जडान गरेको थियो ।

टीकापुर नगर उज्यालो कार्यक्रम अन्र्तगत टीकापुर नगर पालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले हाइमास्ड बत्ती बालेर उद्घाटन गरेका हुन् ।

उनले टीकापुर घट्नापछि आक्रान्त बनेको टीकापुरलाई बाह्रय रुपमा गलत बुँिझदै आएकोमा त्यसलाई चिर्नका लागि नागरिकको अनुहारमा खुशी थप्ने, लागुऔषध र अपराधलाई रोक्नमा हाइमास्ड लाइट जडानले सहयोग पुग्ने बताए ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update