टीकापुर, चैत्र १२
कैलालीमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
शनिवार राति मोहन्याल गाउँपालिका वडा नं. ५ तालबन्दस्थित भित्रि सडक खण्डमा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा गौरीगंगा नगरपालिका वडा नं. ७ का ४५ वर्षीय चक्रबहादुर जेठाराको मृत्यु भएको छ ।
से २ त २८५० नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको कैलाली प्रहरीले बताएको छ । ट्याक्टर दुर्घटनामा घाइते भएका जेठाराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बताए । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । गौरीगंगा नगरपालिका ८ लिक्माका ३४ वर्षीय ट्याक्टर चालक मानबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा मोहन्याल गाउँपालिका वडा नं. ५ की २० वर्षीया निर्मला रोका मगर र सोही ठाउँकी ४० वर्षीया गौमती विक घाइते समेत घाइते भएकी छिन् । मसुरियामा उपचार हुँदैछ ।




