Hamro Patra
लागुऔषधसहित तीन जना पक्राउ

टीकापुर, चैत्र १२

कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । शनिवार ईलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोष्ट बन्साहबाट खटिएको प्रहरी गस्ती टोलीले लागुऔषधिसहित तीन जनालाई पक्राउ गरेको हो ।

शुक्लाफाटा नगरपालिका वडा नं. १२ जाई जाने भित्री बाटोबाट वडा नं. १० का टेक गौतम, सोहि स्थानका कृष्ण राना र बेलौरी नगरपालिका वडा नं. ९ का प्रदिप चौधरी लागुऔषधसति पक्रा परेका छन् ।

३ दशमलव ११ ग्राम लागुऔषधसहित तीनै जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update