भिरबाट लडेर एक पुरुषको मृत्यु
टीकापुर, चैत्र १२
बैतडीमा भिरबाट लडेर एक पुरुषको मुत्यु भएको छ ।
जिल्लाको पाटन नगरपालिका वडा नं. ४ बत्थीका ५० वर्षिय जगदिश सिंह महराको आइतबार भिरबाट लडेर मृत्यु भएको हो । आइतबार दिउँसो एक बजे सोहि वडाकै बग्गीचोर भन्ने ठाउँमा महरा भिरबाट लडेर गम्भीर घाइते भएका थिए । गम्भीर घाईते भएका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।
महरालाई स्वास्थ्य केन्द्रमा पुर्याएपनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज योगेश खत्रीले बताए ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९ १५:०३
प्रतिक्रिया दिनुहोस्




