Hamro Patra
नुहाउने क्रममा डुबेर बालकको मृत्यु

टीकापुर, चैत्र १३

नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक बालकको मृत्यु भएको छ ।

धनगढी -१७ धुर्जन्नास्थित दिपनगर टोलका दिले भुलको छोरा ९ वर्षीय बिमल भुलको डुबेर मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । शिवगंगा नदीमा नुहाउने क्रममा डुबेर आइतबार मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update