Hamro Patra
भीरबाट लडेर २३ वर्षीय युवकको मृत्यु

टीकापुर, चैत्र १४

बैतडीमा भीरबाट लडेर २३ वर्षीय युवकको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका वडा नं. ६ भूमीराज मुडेलीका २३ बर्षीय लोकेन्द्र साउँदको भीरबाट लडेर मृत्यु भएको हो ।

सोमबार राति घर आउने क्रममा भीरबाट लडेर झण्डै ५० मिटर तल खसेका साउँदको घटनास्थलमै मृत्यु भएको स्थानीय विजय साउँदले बताएका छन्। मृतक साउँदको घरमा १० महिने छोरा र श्रीमति रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update