लागूऔषधसहित २ जना पक्राउ
टीकापुर, चैत्र १४
कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा टिकापुर नगरपालिका वडा नं. १ का २४ वर्षीय दिनेश ढुङ्गाना र २४ वर्षीय युवराज थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुलाई भजनी नगरपालिका वडा नं. ३ जसबहादुर घाटबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ७ मिलिग्रामसहित सोमबार पक्राउ गरेको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ ११:०३
प्रतिक्रिया दिनुहोस्




