१ टन चिनीसहित बस नियन्त्रणमा
टीकापुर, चैत्र १७
कञ्चनपुर प्रहरीले १ टन अवैध चिनीसहित बस नियन्त्रणमा लिएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं. ११ स्थित पूर्वपश्चिम राजमार्गबाट १ टन चिनीसहित बस नियन्त्रणमा लिइएको हो ।
कञ्चनपुर प्रहरीका अनुसार शुक्रवार बिहान इलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी बिट कलुवापुरको टोलीले ना ४ ख ४०२७ नम्बरको बस र १ टन चिनी नियन्त्रणमा लिइएको छ । ७० हजार मूल्यको उक्त चिनी आवस्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको कञ्चनपुर प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ १६:०३
प्रतिक्रिया दिनुहोस्




