टीकापुर, चैत्र १८
नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको कैलाली अध्यक्षमा टीकापुरका लक्ष्मण थापा चयन भएका छन् । शुक्रबारदेखि आजसम्म सुख्खडमा सम्पन्न भएको संघको ९औं जिल्ला अधिवेशनबाट अध्यक्षमा थापा सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनले संघको उपाध्यक्षमा डेविट खड्का, सचिवमा अनन्त बोहरा, सह-सचिवद्वय केशर बोगटी र छत्र बुढा र कोषाध्यक्षमा कल्पना ओझालाई चयन गरेको छ ।
जिल्ला अध्यक्षमा निर्वाचित अध्यक्ष थापाले पार्टीको निर्देशन र संघले दिएको अधिकार अनुसार युवा संघलाई सशक्त बनाई अघि बढ्ने बताए ।
‘सबै साथीहरु, अग्रजहरु, नेताहरुले जसरी हामीलाई नेतृत्व प्रदान गर्नुभएको छ’ अध्यक्ष थापाले भने ‘जिल्लाका अधिकांश युवाहरुको रोजाई युवा संघ बनाउने गरी हामी काम गर्नेछौं ।’
सम्पन्न जिल्ला अधिवेशनले ५९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।




