Hamro Patra
लागूऔषधसहित २ युवक पक्राउ

टीकापुर, चैत्र १९

धनगढीमा अवैध लागूऔषधसहित २ युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नं. २ त्रिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन ८ सय मिलिग्रामसहित २ युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका वडा नं. १० बस्ने २२ वर्षीय अजबिन चौधरी र सोही ठाउँका १९ वर्षीय सगुन चौधरी रहको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update