Hamro Patra
दुई थान मोटरसाइकलसहित अवैध सामान बरामद

टीकापुर, चैत्र १९

कञ्चनपुरमा दुईवटा मोटरसाइकलसहित अवैध सामान बरामद गरिएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ८ को बिरेन्द्र सामुदायिक वन गौडीबाट दुई थान मोटरसाइकलसहित प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय झलारी र ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा से.३ प. १३६७ र से.३ प. ६७३६ नम्बरका दुई थान मोटरसाइलकसहित भन्सार छलीका सामान बरामद गरेको छ ।

कुलर तीन थान, बिभिन्न कम्पनीका जुत्ता, स्टेप्लाईजर, पिठो गरी करिब दुई लाख तीन हजार तीन सय मुल्य बराबरका सामान प्रहरीले जफत गरेको हो । मोटरसाइकलसहित भन्सार छलीका सामान भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update