Hamro Patra
जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

टीकापुर, चैत्र २०

बैतडीको पञ्चेश्वरमा जीप दुर्घटना हुुँदा एकजनाको मृत्यु भएको छ । देहीमाण्डौं -गिरेगडा सडक खण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका वडा नं. ५ तिलकपुर भीटा भन्ने स्थानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । गणमेश्वरबाट देहीमाण्डौं तर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जी दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

१२ जना सवार रहेको जीप सडकबाट झण्डै ७० मिटर तल खसेको बताइएको छ । अन्य ११ जना घाइते रहेका छन् । उनीहरुको उद्धार कार्य भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update