Hamro Patra
सिँचाई नहरमा डुबेर एक किशोरीको मृत्यु

टीकापुर, चैत्र २०

कैलालीमा सिँचाई नहरमा डुबेर एक किशोरीको मृत्यु भएको छ ।

जिल्लाको जानकी गाउँपालिका-९ पूर्वी खैरीफाँटाका नागमलनाथ योगीको छोरी सिँचाई नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

१४ वर्षीया सिर्जना नाथ योगीको रानी-जमरा-कुलरिया सिँचाई नहरमा पौडी खेल्नेक्रमामा मृत्यु भएको प्रहरीले बताएको छ । आइतबार दिउँसो उनको मृत्यु भएकाले यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update