टीकापुर, चैत्र २१
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना भएको छ । दैजी बेल्डाँडी भित्री सडकखण्डमा दैजीदेखि बेल्डाँडी जाँदैगरेको सु.प.प्र ०२००३ प ४६७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटनामा परी आठ वर्षीय बालक इसबन्धन ठकुरीको मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक भिमदत्त नगरपालिका वडा नं. ६ का ३५ वर्षीय टेकराज भट्ट रहेका छन् । उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेका जनाइएको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।
यस्तै सोही मोटरसाइकलमा सवार घाइते भएकी बेल्डाँडी वडा नं. २ की १२ वर्षीया अर्चना जोशीको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । उनको धनगढी स्थित माया मेटो अस्पतालमा उपचार भइरहेको छ ।




