लागुऔषधसहित एक जना पक्राउ
टीकापुर, चैत्र २१
कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका वडा नं. १ बल्क नम्बर ११ बाट २२ बर्षीय शिशिर चौधरी लागुऔषधसहित पक्राउ परेका हुन ।
सडकमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट ३ पोकामा ११० मिलिग्राम लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
पक्राउ परेका चौधरीलाई ईलाका प्रहरी कार्यालय टीकापुरमा राखेर अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ १४:०४
प्रतिक्रिया दिनुहोस्




