Hamro Patra
स्ववियु निर्वाचनमा १३४४ मत खसे

टीकापुर, चैत्र २१

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर बहुमुखी क्याम्पसमा आज भएको मतदानमा १ हजार ३ शय ४४ मत खसेको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार कुल १ हजार ६ शय १२ मतदाता मध्ये १ हजार ३ शय ४४ मत खसेको हो ।

आज विहान ८ बजेदेखि भएको मतदान शान्तिपूणर् रुपमा सकिएको निर्वाचन समितिले जनाएको छ ।

स्ववियुको नेतृत्वका लागि नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, नेकपा एमालेको अनेरास्ववियु, माओवादी केन्द्रको अखिल क्रान्तिकारी र नागरिक उन्मुक्ति पार्टीको नागरिक विद्यार्थी समाजले उम्मेदवारी दिएका छन् ।

नेपाल विद्यार्थी संघबाट नृप थापा, अनेरास्ववियुबाट सुन्दर विश्वकर्मा थापा, अखिल क्रान्तिकारीबाट भुपेन्द्र रावल र नागरिक विद्यार्थी समाजबाट भिमबहादुर चौधरीको नेतृत्वमा चुनावी मैदानमा छन् ।

यसअघि चैत्र ८ गते हुने भनिएको स्ववियु निर्वाचन विद्यार्थीहरुको आन्दोलनका कारण स्थगित भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update