बाघको आक्रमण बाट एक युवा घाइते
टीकापुर, चैत्र २४
टिकापुर नगरपालिका वडा नं. ८ श्रीलंकाका एक युवालाई बाघले आक्रमण गरेको छ । ८ नं. वडाका २७ वर्षका पवन आउजि शुक्रबार बिहान साढे १० बजे आक्रमण गरेको बताइएको छ ।
घर नजिकैको गहुँ खेतमा गएको बेलामा उनलाई बाघले आक्रमण गरेको स्थानीयको भनाइ रहेको छ । घाइते आउजिको दायाँबायाँ हात र बायाँ कानमा चिथोरेको एक स्थानीयले जानकारी दिए ।
बाघले आक्रमण गर्दा होहल्ला भएकोले बाघ जंगल पसेको बताइएको छ । नेपाल भारत सिमा नजिकैको १००/ ९८ पिलर नजिक आक्रमण गरेको बताइएको छ ।
बाघले मान्छे आक्रमण गरेको जानकारी पछि त्यहाँ स्थित शसस्त्र प्रहरी बलले घाइतेको उपचारका लागि बर्दिया राजापुर पठाएको जानकारी दिएको छ। साथै विओपि श्रिलंकाले वरिपरिको क्षेत्रमा परिचालन भइ स्थानीयलाई सचेत रहनका लागि आग्रह गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९ ११:०४
प्रतिक्रिया दिनुहोस्




