टीकापुर, चैत्र २५
अछाममा बसको ठक्करबाट घाइते भएका एक युवकको मृत्यु भएको छ ।
जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ३ का हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौँमा शुक्रवार मृत्यु भएको हो । अछाम प्रहरीका अनुसार मृतक कुँवरका परिवारले जिल्लाको यातायात बन्द गरेका छन् । उनीहरुले साँफेसमा टायर बालेर विरोध थालेका हुन् ।
चैत्र १९ गते सुपप्र ०१-००१ ख ३१५४ नम्बरको बसले बुँवर सवार सु प प्र ०१-००९ प ६५८४ नम्बरको मोटरसाइकललाई साँफेबगर नगरपालिका वडा नं. ७ रिडिकोटको वडा कार्यालय नजिकै ठक्कर दिएको थियो । बसका चालकलाई कार्बाही र मतकका परिवारलाई क्षतिपूर्तीको काम गर्दै आफ्नले आन्दोलन गरेका हुन् । बसका धनी र बसको चालक सम्पर्कमा नआएको उनीहरुको आरो छ । अछाम प्रहरीले भने छलफल गर्ने बताएको छ ।
कुँवरका आफ्न्तले बस समितिको काउण्टरमासमेत तोडफोड गरेका छन् ।




