मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
टीकापुर, चैत्र २५
बझाङका एक युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नं. ७ लामागडाका दीपक रावतको काठमाण्डौँमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो । शुक्रवार राति सुपप्र ०१- ०१० प २२५५ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोकिदाँ २३ वर्षीय रावतको मृत्यु भएको आफन्तले बताएका छन् ।
उनको घटना स्थलमा नै मृत्यु भएको नारद सिहँले बताए । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९ १५:०४
प्रतिक्रिया दिनुहोस्




