Hamro Patra
लागुऔषधसहित चार युवा पक्राउ

टीकापुर, चैत्र २६

कैलालीको धनगढीमा लागुऔषधसहित चार जना युवा पक्राउ परेका छन् । धनगढीका विभिन्न स्थानबाट लागुऔषधसहित चार जना युवा पक्राउ परेका हुन्।

धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट २ सय मिलिग्राम लागूऔषधसहित दुई जना शनिबार साँझ पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनगढी-२ का ४० वर्षीय ओम अधिकारी र सोही स्थानका २२ वर्षीय भुपेन्द्र मिश्र रहेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगरसहित दुबै जनालाई पक्राउ गरेको हो ।

त्यस्तै धनगढी उपमहानगरपालिका-७ मनेहराबाट लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन् । २ सय ६० मिलिग्रामसहित शनिबार साँझ प्रहरीले धनगढी-७ का १८ वर्षीय किशोर र जोशीपुर गाउँपालिका-४ का २० वर्षीय असिम सागर चौधरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ ।

धनगढीका विभिन्न स्थानबाट पछिल्लो समय लागुऔषध ओसापसार, विक्रीवितरण सेवनमा संकग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् । लागुऔषधको जालो सहर हुँदै गाउँसम्मै फैलिएपछि यस कार्यमा संलग्नहरु दैनिक रुपमा पक्राउ पर्न थालेको कैलाली प्रहरीले जनाएको छ । लागुऔषध सेवनकर्ता गाउँगाउँमा रहेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update