लागुऔषधसहित २ जना पक्राउ
टीकापुर, चैत्र २७
कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।
कैलाललीको गोदावरी नगरपालिका-२ तेघरी स्थित सोही ठाउँका २२ वर्षीय सुरेश भट्ट र अमृत ओलीलाई लागुऔषध खैरोहिरोइनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीहरुलाई ४०० मिलिग्राम लागुऔषधसहित आइतवार साँझ पक्राउ गरिएको मालाखेती प्रहरीले जनाएको हो । दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९ ११:०४
प्रतिक्रिया दिनुहोस्




