Hamro Patra
सुत्केरी महिला र बच्चाको मृत्यु

टीकापुर, चैत्र २७

कैलालीको मालाखेती अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । उनि संगै बच्चाको पनि मृत्यु भएको छ । आईतबार बिहान सुत्केरीका लागी अस्पताल पुगेकी गोदावरी नगरपालिका वडा नं. २ कडायत टोलकी २८ वर्षिया लक्ष्मी भट्टराई को मृत्यु भएको हो ।

अस्पतालमा डाक्टरहरुको लापरबाहीका कारण सुत्केरी र बच्चाको मृत्यु भएको भन्दै महिलाका आफन्तलेहरुले विरोध गरेका छन । उनिहरुले लापरबाही गर्ने डाक्टर र प्रशासनलाई कारबाहीको माग गरेका छन । उता अस्पतालका प्रमुख डाक्टर अन्वेश कोईरालाले भने डाक्टरको लापरबाहीले आमा बच्चाको ज्यान नगएको बताए ।

उनले बच्चा जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको बताएका छन । उनले विरामीको अन्य सबै कुरा नर्मल भएको र विहान अचानक नै उक्त समस्या आएको बताए । अहिले नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट सहितको टोली अस्पताल पुगेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update