लागूऔषधसहित २ युवक पक्राउ
टीकापुर, चैत्र २८
कञ्चनपुरमा लागूऔषधसहित धनगढीका २ युवक पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ६ भुराकोटबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ४८ मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँका २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ति मगर रहेको कञ्चनपुरका सूचना अधिकारी एंवम प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००९ प ३०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई खैरो हेरोईनसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९ ११:०४
प्रतिक्रिया दिनुहोस्




