Hamro Patra
एक जना मृत फेला

टीकापुर, चैत्र २९

अछाममा एक जना मृत फेला परेका छन् । जिल्लाको साँफेबगर नगरपालिका वडा नं. १ वैद्यनाथ कालिमाटिका अन्दाजी ५० वर्षीय गणेश नाथ मृत फेला परेका हुन् ।

योगी सेती राजमार्गको कालिमाटी खण्डमा स्कुटरसहित सडकबाट तल खसेका प्रहरीले बताएको छ । परिवारले आफुहरु नपुग्दा सम्म शव नउठाउन प्रहरीलाई भनेका छन् । नाथ वैद्यनाथ धाम पर्यटन विकास तथा व्यावस्थापन समितिका सदस्य समेत हुन । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । साँफे प्रहरीका अनुसार मंगलवार राति दुर्घटना भएको हो । बुधवार बिहान मात्र उनको शव फेला परेको छ ।

साँफे प्रहरीका अनुसार सो क्षेत्रमा पाँच वटा दुर्घटना पहिला पनि भएका छन् । सडकका कारण दुर्घटना हुँदै आएका हुन् ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update