डुबेर एक जनाको मृत्यु
टीकापुर, चैत्र ३०
कैलालीको धनगढीमा डुबेर एक जनाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका-१९ फुलवारीका ४३ वर्षीय कमल चौधरीको मोहना नदीमा डुबेर बुधबार मृत्यु भएको हो ।
माछा मार्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी र स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९ १३:०४
प्रतिक्रिया दिनुहोस्




