Hamro Patra
कोरोना सङ्क्रमणका कारण वृद्धाको मृत्यु

टीकापुर, वैशाख ३

सुदूरपश्चिममा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। कञ्चनपुरको भिमदत्त नगरपालिकाकी ७३ वर्षीय वृद्धाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

प्रशासनका सुचना अधिकारी शिवराज जोशीका अनुसार आज बिहान साढे ८ बजेतिर सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए । ती वृद्धामा चैत्र २६ गते कोभिड पुष्टि भएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update