कञ्चनपुरमा पोखरीमा डुबेर एक किशोरीको मृत्यु
टीकापुर, वैशाख ३
कञ्चनपुरमा पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका वडा नं. १ बैतडीकी १४ वर्षीया बविता टेरको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
डुबेर गम्भीर घाइते भएकी बविताको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा शनिबार बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए ।
उनी बैतडीको मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्ययनरत परीक्षा दिएर विदामा कञ्चनपुर आएकी थिइन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० १३:०४
प्रतिक्रिया दिनुहोस्




