Hamro Patra
करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

टीकापुर, बैशाख ५

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। सोमबार डीसहोमको फाइबर नेट विस्तार गर्ने क्रममा सन्तोष भनिने टीका पहाडीको करेन्ट लागेर मृत्यु भएको हो ।

उनी सिन्धुलीको तीनपाटन गाउँपालिका-४ का स्थानीय हुन्। इन्टरनेट जडानको काम गर्ने उनी शुक्लाफाँटा नगरपालिका-१० झलारीमा बस्दै आएका थिए।

वडा नम्बर ५ स्थित गर्जुमनीमा इन्टरनेट जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुर्यबहादुर शाहीले बताए।

करेन्ट लागेर घाइते भएका पहाडीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update