लागुऔषधसहित दुई जना पक्राउ
टीकापुर, बैशाख ५
कैलालीका लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका-५ गेटाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन् ।
४ ग्राम ८३० मिलिग्राम, प्रोक्सिब्यान्ड स्पास नामक ट्याब्लेट १६ थानसहित गोदारी नगरपालिका-७ का २८ वर्षीय पदम साउँदसहित दुई जनालाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी गेटाबाट खटिएको प्रहरी टोलीले प्रदेश २-०३-००५ प ८२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० १४:०४
प्रतिक्रिया दिनुहोस्




