Hamro Patra
लागूऔषधसहित तीन जना पक्राउ

टीकापुर, बैशाख ११

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. १ भुरुवाबाट लागूऔषध १ शय २० मिलिग्रामसहित एक युवक पक्राउ परेका हुन् ।

कैलाली घोडाघोडी नगरपालिका वडा नं. २ साडेपानीको २९ वर्षीय दिपक सुनारलाई आइतबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा खल्तीमा लुकाईएको उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।
यस्तै टीकापुर नगरपालिका वडा नं. १ वन कार्यालय नजिक सडक खण्डबाट लागुऔषध चरेस ८ शय मिलिग्रामसहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ का २७ वर्षीय पुष्पराज जैशी र सोही ठाउँका २३ वर्षीय डेनी प्रसाद जोशी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले म.२ प ८६७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चरेश फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update