Hamro Patra
लागूऔषधसहित युवती पक्राउ

टीकापुर, बैशाख १४

कैलालीमा लागूऔषधसहित एक युवती पक्राउ परेकी छिन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ३ चिसापानी बजारबाट लागुऔषध खैरो हेरोइन १ शय ५० मिलिग्रामसहित सोही ठाउँकी २९ वर्षीया दिपा बिष्ट साँउदलाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update