Hamro Patra
शिक्षामा लगानी बढाउनुपर्ने माग

टीकापुर, बैशाख १५

सुदूरपश्चिम प्रदेशले शिक्षामा लगानी बढाउनुपर्ने माग गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान सुदूरपश्चिम प्रदेशले शिक्षामा लगानी बढाउनुपर्ने मागसहितको ज्ञापनपत्र मुख्यशाहशाह कमलबहादुर शाहलाई बुझाएको छ । ज्ञापनपत्र बुझ्दै शिक्षा क्षेत्रको सुधारका लागि विशेष प्राथमिकताका साथ लगानी गर्ने मन्त्री शाहले बताए ।

उनले शिक्षा क्षेत्र महत्वपूणर् भएकाले सो क्षेत्रमा सुधार गर्न आवश्यक अध्ययन गरिरहेको जनाएका छन् । ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय प्रतिबद्धता र संवैधानिक दायित्व पूरा गर्नुपर्ने, समतामूलक समाज निर्माण गर्नुपर्ने, भौतिक पूर्वाधार सुधार्नुपर्ने र प्राविधिक शिक्षामा जोड दिइएको छ । उक्त अभियानका संयोजक हेमराज जोशीले सरकारलाई शिक्षामा लगानी बढाउनुका साथै निःशुल्क शिक्षा प्राप्त गर्ने अवसरबाट कोही कसैलाई वञ्चित गर्न नहुनेमा जोड दिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update