टीकापुर, बैशाख १६
कैलालीको टीकापुरस्थित सञ्चारकर्मी समूहको अध्यक्षमा दीपकबहादुर थापा चयन भएका छन् । आज सम्पन्न समूहको पाँचौ साधारणसभाले आगामी तीन वर्षका लागि थापालाई पुनः अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा सर्वसम्मत चयन भएका थापा हाम्रोपत्र डटकमका प्रधान सम्पादक हुन् ।
निर्वाचन समितिका संयोजक मातृका तिमिल्सेनाले दिएको जानकारी अनुसार समूहको उपाध्यक्षमा दुर्गा देवकोटा, सचिवमा ईश्वर साउँद, सहसचिवमा दिलबहादुर चौधरी र कोषाध्यक्ष पूणर् वि.क. चयनका भएका छन् ।
त्यस्तै समूहको सदस्यमा सीता खनाल र शेरबहादुर विष्ट सर्वसम्मत चयन भएका हुन् । साधारणसभाले अध्यक्षको प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।
यसअघि समूहको उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले सञ्चारकर्मी समूहले स्थापना गरेको सामुदायिक रेडियो टीकापुर एफ.एम. देशभरिकै उत्कृष्ठ सामुदायिक एफ.एम. भएको बताए ।
‘समय अनुसार परिवर्तनका लागि पत्रकारहरुको क्षमता अभिवृद्धि जस्ता कार्यक्रम गर्नुपर्ने आवश्यकता देखेको छु’ समूहका संस्थापक अध्यक्ष समेत रहेका चौधरीले भने ‘समूहका आगामी योजना तथा कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि एवं टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहन लुहार वि.क.ले सरकारको प्रतिपक्षीका रुपमा रहेको पत्रकारिताले गल्ती, कमीकमजोरी औंल्याउनु पर्ने बताए ।
समूहका अध्यक्ष थापाको सभापतित्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष दुर्गाप्रसाद भण्डारी र सामुदायिक रेडियो टीकापुर एफ.एम.का अध्यक्ष रंग अधिकारी, पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।




