Hamro Patra
भिरबाट लडेर एक महिलाको मृत्यु

टीकापुर, बैशाख १७

यार्सागुम्बा टिप्न गएकालाई खाद्यन्न पुर्‍याउन गएकी एक महिलाको लडेर मृत्यु भएको छ ।

जिल्लाको व्यासँ गाउँपालिका वडा नं. ३ सल्याडीकी ३२ वर्षीया रिउली डडालको मृत्यु भएको हो । गत बिहीबार यार्सागुम्बा टिप्ने ठाउँ मुल्तीमा डेरा बनाइ दाउरा लिन गएका बेला भिरबाट लडेर डडालको घटनास्थलमै मृत्यु भएको स्थानीय कृष्णसिंह कुवरले बताए । उनी घरबाट यार्सागुम्बा पाइने लेकमा खाद्यन्न लिएर वैशाख १२ गते आफ्ना श्रीमानसँगै गएकी थिइन् ।

लेकमा दाउरा खोज्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जनाइएको छ । मृतक महिलाको दाहसंस्कारसमेत गरी सकिएको छ । उनका दुई छोरा छन् । अहिले हिमाली स्थानीय तह ब्यास र अपि हिमाल गाउँपालिकाका अधिकांश परिवार यार्सागुम्बा खोज्न लेकतिर गएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update