गुडिरहेको कारमा आगलागी भिडियो सहित हेर्नुहोस्
                        
                        
                                                
                                            
                                                                    
टीकापुर, साउन २५
टीकापुर नगरपालिका–१ पार्करोडमा आज गुडिरहेको कारमा आगलागी भएको छ । शैलेश्वरी ड्राइभिङ सेन्टरको बा ७ च ८३०९ नम्बरको कारमा आगो लागेको हो । 
कारमा रहेका तीन जना आगो लाग्ने बित्तिकै कारबाट बाहिर निस्केका थिए । उनीहरु समयमै कारबाट बाहिर निस्केकाले कुनै क्षति नभएको बताईएको छ । कारमा लागेको आगो टीकापुर नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो ।
प्रकाशित मिति: शनिबार, साउन २५, २०७६  १३:०८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
