Hamro Patra
एक पुरुष जंगलमा मृत फेला

टीकापुर, असार ९

कैलालीमा एक जना जंगलमा मृत फेला परेका छन् । शनिबार विहान जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. ४ का ५२ वर्षीय भिगुराम चौधरी मृत फेला परेका हुन् ।

शुक्रबार विहान ४० वर्षीय रामदयाल थारु, ४० वर्षीय भागीराम थारु, ५५ वर्षीय केशबहादुर थारु, ५२ वर्षीय भिगुराम चौधरीसहित चार जना दाउरा काटन पुणर्ीमा सामुदायिक वनमा गएका थिए ।

भिगुराम चौधरी घर नफर्केको खबर आज प्रहरीलाई प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले भिगुरामलाई पुणर्ीमा सामुदायिक वनमा मृत अवस्था फेला पारेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update