Hamro Patra
युवा संघले मनायो भण्डारीको ७२ औं जन्मजयन्ती

टीकापुर, असार १४

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कैलालीले विभिन्न कार्यक्रम गरी नेकपा एमालेका पूर्व महासचिव मदन भण्डारीको ७२ औं जन्म जयन्ती मनाएको छ ।

युवा संघले कैलालीका १३ ओटै स्थानीय तहमा जन्म जयन्तीको अवसर पारेर विभिन्न कार्यक्रम गरेको जिल्ला अध्यक्ष लक्ष्मण थापाले जानकारी दिए ।

जिल्ला कमिटीले बर्दगोरियास्थित साहारा घरमा खाद्यान्न तथा फलफूल सहयोग गरेको छ । अध्यक्ष थापाका अनुसार सहारा घरमा चामल २ बोरा, आलु १ बोरा, तरकारी, फलफूललगायतका खाद्यान्न सामग्री साहारा घरका सञ्चालक बलबहादुर विष्टलाई प्रदान गरिएको हो ।

संघले जिल्लाका १३ वटा पालिकामा धान रोपाई, वृक्षारोपण, सरसफाई तथा अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेर मनाइएको छ ।

युवा संघको टीकापुर नगर कमिटीले वडा नं. ५ का तेतराम चौधरीको एक विघा खेतमा रोपाई गरेर जन्म जयन्ती मनाएको नगर अध्यक्ष नवराज ठकुल्लाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update