Hamro Patra
टीकापुरमा दुई दिने निःशुल्क दन्त शिविर शुरु

टीकापुर, साउन ९

टीकापुर बहुप्राविधिक शिक्षालय टीकापुर कैलालीको आयोजनामा दुई दिने निःशुल्क दन्त शिविर आजदेखि शुरु भएको छ । शिविरको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले सामाजिक उत्तरदायित्व अन्तर्गतका यस्ता कार्यक्रमले स्थानीय लाभान्वित हुने बताए ।

शिविरमा सहयात्री नेपाल काठमाडौंका अध्यक्ष डा. डेनिस घिमिरे, ज्वाला पौडेल, अनुपमा अधिकारी लगायत दुई जना विदेशी चिकित्सकहरुको टोलीले दन्त सम्बन्धी सेवा प्रदान गरिरहेको छ ।

शिविर सहयात्री नेपालको प्राविधिक सहयोग र टीकापुर जेसीजका सहआयोजनामा शुरु भएको हो ।

बहुप्राविधिक शिक्षालय टीकापुरका प्रमुख इञ्जिनियर पारस खड्काको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर जेसीजका कार्यवाहक अध्यक्ष भरत भण्डारी, डा. घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए भने जेसिजका महासचिव रुपकबहादुर विष्टले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update