Hamro Patra
पहिरोमा परी २० वर्षीया युवती मृत फेला

डडेल्धुरा, साउन ११

डडेल्धुराकी एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको आलिताल गाँउपालिका वडा नं. ७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउँद आज बिहान मृत फेला परेकी हुन् ।

उनको शव घरदेखि पाँच सय मिटरको दुरीमा फेला परेको हो। उनी हिजो रातिदेखि हराएकी थिइन। रातभरी खोज्दा बिहान मात्रै पहिरोमा खसेको अवस्थामा शव फेला परेको मृतकका बुवा दानबहादुर साउँदले बताए ।

घटना संकास्पद भएकाले सत्य तथ्य छानविन हुनुपर्ने मृतक उनको माग छ। प्रहरीको टोली घटनास्थलमा पठाइएको छ। नन्दा दुर्गा मावि आलितालमा कक्षा १२ मा अध्यनरत थिइन ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update