Hamro Patra
भरुवा बन्दुक फेला

टीकापुर, साउन १६

अछाममा भरुवा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालय, अछामको प्रहरी टोलीले अबैध भरुवा बन्दुक फेला पारेको हो।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ९ ओलीगाउँस्थित डाँडा भन्ने ठाउँबाट एक नाले भरुवा बन्दुक फेला परेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार सोमवार दिउँसो भरुवा बन्दुक फेला परेको हो।

विषेश सूचनाका आधारमा प्रहरीको टोली ओलीगाउँ गएको थियो । बन्दुकको बारेमा प्रहरीले थप अनुसन्धान जारी हरेको बताएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update