Hamro Patra

टीकापुर, साउन २५

कैलालीमा बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै खुटिया खोलामा आएको बाढीले बगाएर १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका-९ धनचौरी बस्ने ४० वर्षीय रत्न प्रसाद भट्टराई छन्। भट्टराई बुधबार खुटिया खोलामा दाउरा निकाल्न भन्दै गएका थिए। दाउरा निकाल्न गएका बेला उनलाई खोलामा आएको बाढीले बगाएको थियो।

बाढीले बगाउँदा बेपत्ता भएका भट्टराई बिहीबार मृत फेला परेका हुन्। उनलाई पानी जमेको खल्लामा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update