Hamro Patra

डडेल्धुरा, साउन ३१

डडेल्धुराको परशुरामकी अमृता राउटेको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

परशुराम नगरपालिका-१२ आमपानिकी १४ वर्षिया बालिका अमृता घर नजिकैको रंगुन खोलामा बुधबार मृत अवस्थामा फेला परेकी थिइन्। मंगलबार दिउँसो अन्य साथिहरुसंगै माछा मार्न खोलामा गएकी अमृता अबेर सम्म घर नआउदा खोजिकार्य गरिएको थियो।

उनिसंगै माछा मार्न गएका अन्य समयमै घर फर्किएका थिए तर एक जना बालक मृतक अमृतासंगै खोलामै थिए।

नियन्त्रणमा लिएका व्यक्ति पनि नाबालक भएकाले उनको परिचय भने गोप्य राखिएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगा दत्त बडुले बताए। पक्राउ पर्ने बालक राउटे सामुदायकै रहेको खुलेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update