Hamro Patra
’भाइ नाइके’ खोज्न साढे दुई सय सुरक्षाकर्मी

बर्दिया, भदौ १९

बर्दिया कारागारबाट तीन दिन अघि मध्यराति पर्खाल नाघेर फरार ’भाइ नाइके’ ३० वर्षीय अजित बुढा क्षेत्रीको खोजीका लागि दैनिक रूपमा साढे दुई सय बढी सुरक्षाकर्मी परिचालन भइरहेका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले फरार अजितको खोजीका लागि दैनिक रूपमा साढे दुई सय बढी सुरक्षाकर्मी परिचालन हुँदै आएको सेतोपाटीलाई बताए ।

एक सय ५० जना नेपाल प्रहरी र एक सय बढी सशस्त्र प्रहरी फरार ’भाइ नाइके’ अजितको खोजीको लागि दिनहुँ परिचानल गर्दै आएको शाहीले जानकारी दिए ।

‘भागेदेखि नै व्यापक सुरक्षाकर्मी परिचालन गरी खोजी भइरहेको छ’ एसपी शाहीले भने, ‘वन रक्षक लगायत सिमाना पारीका इण्डियन प्रहरीसँग पनि समन्वय भई खोजी भइरहेको छ ।’

दुई देशबीचका मुख्य मुख्य चेक प्वाइन्टहरूमा र नेपाल तर्फका सबैतिर सम्भावित ठाउँहरूमा स्थानीयलाई समेत सूचना दिन भागेका ’भाइ नाइके’ अजितको खोजी भइरहेको एसपी शाहीले बताए ।

भागेका अजितको खोजीको लागि तालिम प्राप्त कुकुरहरूको पनि प्रयोग गरिएको छ। एसपी भण्डारीका अनुसार अत्यधिक गर्मीका कारण दुई दिन ट्र्याक गर्न लगाउँदा ’हिट स्टक’ भएर ‘रोज’ नामक एउटा कुकुर मरेको जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update