Hamro Patra
माक्र्सवादी ज्ञान केन्द्रको प्रदेश भेला सम्पन्न

टीकापुर, कार्तिक १५

माक्र्सवादी ज्ञान केन्द्रको भर्चुअल माध्यमबाट बुधबार राति भएको दोस्रो प्रदेश भेलाले सर्वसम्मतिबाट दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित प्रदेश समितिमा उपाध्यक्ष अर्जुन रावल, सचिव कमला ज्ञवाली, सहसचिव गणेशराज गिरी, कोषाध्यक्ष आशा भण्डारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा हरिप्रसाद जोशी, बलराम चौधरी, होमबहादुर साउँद र सुरेन्द्र देवकर रहेका छन् । चार सदस्य भूगोलका आधारमा कार्यसमितिको बैठकले थप्ने समेत भेलाले निणर्य गरेको छ ।

भेलाको उद्घाटन सत्रलाई प्रमुख अतिथि माक्र्सवादी ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष एवं प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सैना, विशिष्ट अतिथिहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य गुणराज लोहनी, नेकपा एमालेका पुर्व प्रदेश सचिव तथा प्रदेश साँसद कमरेड धर्मराज पाठक, नेकपा माओवादी केन्द्रका प्रदेश सचिव जनक बुढा, नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सचिव सुरेन्द्रमान कार्कीले सम्बोधन गरेका थिए ।

नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि मनहरि तिमिल्सैना, बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष तथा ज्ञान केन्द्रका केन्द्रीय सचिव रेशमकुमार अधिकारी, केन्द्रीय कोषाध्यक्ष सागर अधिकारी, कोशी प्रदेश अध्यक्ष दुष्यन्त भट्टराई, बाग्मती प्रदेश अध्यक्ष कार्लविक्रम थापा, सुदुरपश्चिम पूर्व संयोजक राजुराम सार्की भुल, नेकपा एकीकृत समाजवादीका टीकापुर नगर अध्यक्ष तथा माक्र्सवादी अध्ययनकर्ता रंगप्रसाद अधिकारी, डा. चक्रप्रसाद अधिकारी, जगतप्रसाद उपाध्याय, शुभम विष्ट लगायतले शुभकामना सहित बधाई दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष भण्डारीले आगामी कार्यकालका लागि समितिको तर्फबाट प्रतिवद्धता ब्यक्त गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update