Hamro Patra
प्रदेश सञ्चार नीति चाँडै आउँछः मुख्यमन्त्री शाह

लम्की, पौष ५

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहले सुदूरपश्चिम प्रदेश सरकारले चाँडै नै प्रदेश सञ्चार नीति ल्याउने बताएका छन् ।

लम्की सञ्चार गृहको आयोजनामा आजदेखि शुरु भएको लम्की साहित्यिक महोत्सवलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्नै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् ।

‘हामी चाँडै नै प्रदेशको संचार नीति ल्याउने तयारीमा छौं’ मुख्यमन्त्री शाहले भने ‘यो नीति आइसकेपछि सुदूरपश्चिमका सञ्चार माध्यमको वृत्ति विकासमा सहजता हुनेछ ।’

आफ्नो निर्वाचन क्षेत्र समेत रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले लम्की क्षेत्रको समग्र विकास निर्माणका काममा आफू लागिरहेको बताए ।

आजदेखि शुरु भएको महोत्सव पौष १६ गतेसम्म सञ्चालन हुने सामुदायिक रेडियो पश्चिम आवाजका प्रबन्ध निर्देशक युवराज न्यौपानेले बताए ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update