Hamro Patra
किन भेला भए कैलालीका उपप्रमुख एवं उपाध्यक्षहरु टीकापुरमा ?

टीकापुर, माघ ५

कैलालीका विभिन्न स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरु कैलालीको टीकापुरमा भेला भएका छन् ।

टीकापुर नगरपालिकाको आयोजनामा आज टीकापुरमा शुरु भएको माघी मिलन तथा स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरु बिच अनुभव आदानप्रदान कार्यक्रमका लागि उनीहरु भेला भएका हुन् ।

संविधानले प्रदत्त गरेका सात वटा जिम्मेवारी निर्वाह गर्दै आएका उपप्रमुख तथा उपाध्यक्षहरुले सम्पन्न गर्दै आएका काम कारवाहीको अनुभव आदान प्रदान गर्न उनीहरु जम्मा भएको टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले जानकारी दिए ।

टीकापुरको सिद्धार्थ होटलमा उनीहरुबिच अन्तरक्रिया कार्यक्रम भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update